विराटनगरमा म्याजिक वासर लण्ड्रिले निःशुल्क सेनिटाईज र डिइन्फेक्सन गर्ने

<span class='c1'>विराटनगरमा म्याजिक वासर लण्ड्रिले निःशुल्क</span> <span class='c2'>सेनिटाईज र डिइन्फेक्सन गर्ने</span>

विराटनगर । विराटनगर ७ मिलन चौकमा रहेको म्याजिक वासर लण्ड्रि एण्ड सर्भिसेज प्रा.लि.ले आफ्नो पहिलो बार्षिक उत्सवको उपलक्ष्यमा साप्ताव्यापी कार्यक्रम अन्गर्तत सेनिटाइज र डिईन्फेक्सन गर्ने भएको छ ।
विराटनगरका युवाहरुद्धाारा एकबर्ष अगाडी असोज १ गते देखी संचालनमा ल्याएको वासर लण्ड्रि एण्ड सर्भिसेजले एक साता सम्मको लागी विराटनगरका विभिन्न स्थानहरुमा सेनिटाइज र डिइन्फेक्सन गर्ने भएका हुन् ।

सर्भिसेज प्रालीका संचालक नोमास चापागाँइका अनुसार बार्षिक उत्सवको अबसर पारेर लायन्स क्लव अफ विराटनगर डाईनो र साईनोसँग सहकार्य गरेर विराटनगरका विभिन्न स्थानमा पुगेर सेनिटाईज गरिने भएको छ ।

यसैगरी कोरोना संक्रमितको घरमा गएर सेनिटाईज र डिईन्फेक्सन गर्ने तयारी रहेको चापागाईले जानकारी दिए । वार्षिक उत्सबको अवसरमा वासर लण्ड्रिबाट २० प्रतिशत सम्मको विशेष छुटको सेवा प्रदान गरिने वासर लण्ड्रि एण्ड सर्भिसेज प्रालिले जनाएको छ ।

यसैबीच आगामी असोज १ गतेका दिनदेखी सर्भिसेजले विराटनगरको पुष्पालल चौक, टंकीसुनवारी, पोखरीया र हस्पिटल चौकमा क्लोथ कलेक्सन सेन्टर संचालन गर्ने भएको छ । लण्ड्रि एण्ड वासर सर्भिसेज प्रालिले वासिङ मेसिनद्धारा लुगा धुने काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्