विराटनगर । मोरङको धनपालथान गााउँपालिका–६ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पी कोइराला स्वास्थ्ष् विज्ञान प्रतिष्ठान धरानमा भदौ २६ गते भर्ना भएका पुरुषको आइतबार राती ८ः४५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वीपीको अर्थो अवजरवेशन वार्डमा भदौ २६ गते भर्नापछि पुरुषको स्वाब संकलन गरि परीक्षण गरिएको थियो ।
परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि वीपीको कोभिड अस्पतालमा सारेर उपचारतः रहेको अवस्थामा मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । योसँगै मोरङमा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । जसमध्ये १८ जना विराटनगर महानगरपालिका रहेका छन् ।