सवारी चालकलाई कोरोना पृष्टि भएपछि सेल्फ क्वारेन्टिमा मेयर भीम पराजुली

सवारी चालकलाई कोरोना पृष्टि भएपछि सेल्फ क्वारेन्टिमा मेयर भीम पराजुली

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सवारी चालकलाई कोरोना पुष्टि भएपछि मेयर सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुली लगायत अन्य कन्ट्याक ट्रेसिङमा रहेका व्यक्तिहरुको समेत पीसीआर परीक्षण गरिएको थियो ।

मेयर पराजुली चढ्ने सवारीका चालक राजेस राईमा सोमबार बिहान कोरोना पृष्टि भएको महानगरले जनाएको छ । मेयर पराजुलीको पनि स्वाब आईतबार नै संकलन गरिएको थियो । तर उहाँको रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना देखिएपछि मेयरले पनि परीक्षणा गराउनु भएको हो । तर, रिपोर्ट नेगेटिभ आएको थियो । चालकमा पुष्टि भएपछि मेयर भने सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ । उहाँ महानगरले व्यवस्थापन गरेको जैन भवनको क्वारेन्टिनमा बस्नु भएको हो ।
मेयर पराजुलीसँगै निजी सचिवालयका सहयोगीहरु मुख्य स्वकिय सचिव लोकन्द्र तिम्सिना, सचिवालयका सविन दाहाल र निजी सुरक्षा गार्ड क्वारेन्टीनमा छन् ।
प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । वडा १ र २ का वडाध्यक्षमा समेत कोरोना पुष्टि भएको छ । बाँकी वडा कार्यालयहरुमा पनि पाँच दिनसम्मका लागि महानगरले अतिआवश्यक बाहेक सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्