विराटनगरको पुरानो गुद्रीमा दोहोरिदैं हेलचेक्र्याईँ

विराटनगरको पुरानो गुद्रीमा दोहोरिदैं हेलचेक्र्याईँ

विराटनगर । विराटनगरको अति व्यस्त तरकारी र किराना बजार गुदरीमा पुनः हेलचेक्र्याइँ सुरु भएको छ । यस अगाडी सबैभन्दा जोखिम मानिएका गुद्रीबाट कोरोना भाइरसको महामारी फेरि फैलने सम्भावना बढेको हो ।


गुदरी बजार खुलेसँगै यहाँका पसले र पसलका कामदारको हेल्चेक््रयाइँ र अनुशासनहीनताका कारण गम्भीर परिस्थिति दोहोरिन सक्ने भन्दै नगरवासी चिन्तित बनेका छन् । जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार गत भदौ २२ गतेदेखि विराटनगरको बजार बिहानदेखि साँझ ७.०० बजेसम्म खोल्न थालिएको छ ।


विराटनगरको गुदरीमा तरकारी र किराना पसलको काम गर्ने अधिकांश पसलेले मास्क र पञ्जा नलगाईकन पसलमा बस्ने गरेका छन् । मास्क लगाउनेले पनि नाक र मुख छोपेका हुँदैनन् । पञ्जा त कसैका हातमा देखिँदैन । रुपैयाँ–पैसाको कारोबार गरेपछि कसैले स्यानिटाइजर लगाउँदैनन् । तरकारी पसले कसैले पनि स्यानिटाइजर राखेका छैनन् ।

त्यस्तै तरकारी पसलेले भौतिक दूरी पनि कायम गरेका छैनन् । नियमअनुसार २ मिटरको भौतिक दूरी राखेर बस्नु पर्नेमा तरकारी पसलेहरू एक–एक फिटको अन्तरमा बसेको देखिन्छ ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म महानगर क्षेत्रका ७ हजार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा १ हजार २ सय ७७ को रिपोर्ट पोजिटिभ आएको छ ।

गुदरी बजार रहेको वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले वार्डमा मात्र ८५ जना सङ्क्रमित भइसकेको र गुदरीका २ जनाको मृत्यु भएको जानकारी दिए । यस वडाका हालसम्मका सङ्क्रमित ८५ मध्ये गुदरी बजारका मात्र ६० जना छन् ।

वडाध्यक्ष भगतले गुदरी बजार ३ दिनका लागि मात्र सिल गरिएको र यसपछि क्रमशः खोलिएको बताए । बजारमा अनुशासनहीनता र हेल्चेक््रयाइँ बढेको भन्दै वडा अध्यक्षले ग्राहकमा सङ्क्रमण बढ्ने खतरा देखिएको बताउनुभयो । भगतले गुदरीमा कम्तीमा १० जना प्रहरी राखेर सबैलाई अनुशासन कायम गराउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्