वीपीका जुनियर चिकित्सक आन्दोलनमा

वीपीका जुनियर चिकित्सक आन्दोलनमा

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर चिकित्सकहरु आफ्नो मागको सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि चिकित्सकहरु सोमबारदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा उत्रिएका हुन् ।

कोभिड अस्पतालको सेवामा पनि सहभागी नभई उपकुलपति कार्यालयअघि भेला भएर चिकित्सकहरु धर्नामा बसेका छन् । कोभिड उपचारमा खटिएका जेआरहरुलाई गुणस्तरीय खाना, जोखिम भत्ता, र व्यवस्थित क्वारेनटिन नभएको उनीहरुको भनाइ छ । यस्तै कोभिडमा एक जना कन्सल्टेन्टको चौबिसै घण्टा उपस्थिति हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

झण्डै एक महिना अघि प्रस्तुत गरिएको मागबारे एक समिति गठन भएर सहमतिमा हस्ताक्षर पनि भएको थियो । तर, कार्यान्वयन नभएपछि पुनः आफूहरू आन्दोलनमा उत्रिएको बीपीका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले बताउनुभयो ।

सोमबार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा.गौरीशङ्कर शाहँसँग छलफल भएको थियो । उपकुलपतिले अस्पताल निर्दैशकलाई जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको माग पुरा गर्न निर्देशन दिनुभएको थियो । तर, माग पुरा नभएसम्म आन्दोलन र धर्ना जारी राख्ने चिकित्सकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्