विराटनगर । विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउनु भएका न्यौपानेको सोमबारराति रिपोर्ट पोजेटिभ आएको हो ।
वडा अध्यक्ष न्यौपाने चिकित्सकसँग परामर्श गरेर अहिले ‘होम आइसोलेसन’मै रहनु भएको छ । महानगर र वडाको एकदुईवटा कार्यक्रममा सहभागी हुँदा आफूलाई कोरोना संक्रमण भएको हुन सक्ने भएकोले सम्पर्कमा आएकाहरुलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने अगाडी विराटनगर–२ र ५ का वडा अध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्यमा संक्रमण पुष्टि भइसकेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।