बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रल द्वारा सुकुम्वासी बस्तीका बालबालिकाहरु लाई खुशी प्रदान गर्दै बालदिवस मनाइएको छ ।
उक्त कार्यक्रममा बालबालिकाहरु लाई बालबालिकाको अधिकार बारे कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय मोरङ का प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बाहादुर राइले जानकारी दिएका थिए ।
कार्यक्रममा बाल मनोविज्ञान बारे बालबालिका हरुलाइ बिराट अस्पतालका वरिष्ठ डाक्टर रामभक्त सुबेदिले जानकारी दिएका थिए ।
कार्यक्रममा क्लब कि अध्यक्ष सृजना रिजाल, मान बाहादुर राई, रामभक्त सुवेदी, श्रुति शर्मा, पेरिस सुवेदी, मनिष लुइटेल लगाएत को उपस्थिति रहेको थियो ।