विराटनगरमा मंगलबार विहान ४ बजेदेखी निरन्तर परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । त्यसैगरी सडक उच्च भागमा बनाईएका कारण नाला तल भएका कारण पनि एक ठाँउको पानी अर्का स्थान तर्फ जान नपाउदा विराटनगरको दक्षिणी भेगका अधिकांस वडाहरु जलमग्न भएका छन् ।
हेर्नुहोस फोटो फिचर:
तस्वीर:प्रेम देवान/आवर विराटनगर