कोरोना संक्रमणबाट धरानका ७० वर्षीय पुरुषको वीपीमा मृत्यु

<span class='c1'>कोरोना संक्रमणबाट धरानका ७०</span> <span class='c2'>वर्षीय पुरुषको वीपीमा मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी धरान–१७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या, खोकी र ज्वरोले ग्रसित बनाएपछि वीपीमा तीन दिन अगाडी भदौ २७ गते भर्ना गरिएका पुरुषको मंगलबार २ः२० बजे मृत्युभएको हो ।

उच्च रक्तचाप तथा १२ वर्ष अगाडी हृदयघात भएर स्टेन्ट समेत राखिएका पुरुषमा भदौ २८ गते कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । मृत्युपछि शवको व्यवस्थापन नियमानुसार भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्