सुनौलो अवसर क्लवद्धारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

सुनौलो अवसर क्लवद्धारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

विराटनगर । विराटनगर १५ मा रहेको सुनौलो अवसर क्लबद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
बालदिवसको अवसर पारेर क्लबले स्थानीय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

क्लबका अध्यक्ष ईमरान अंसारी सहितको टोलीले स्कुल जानबाट बञ्चित तथा हाल लकडाउनका कारण घर मै बसेका स्कुलले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।

शैक्षिक सामाग्री अन्र्तगत किताब, कपि, पेन्सिल लगायत खेलकुदका सामाग्री समेत बालबालिकाहरुलाई वितरण गरिएको क्लबका सचिव संजोग कुमार भगतले जानकारी दिनुभयो । क्लबले १५० जना स्थानीय बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्