लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

 लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ बर्षीय पवन कुमार वसाक छन् । उनीहरुलाई मंगलवार राती सवा ७ बजे पक्राउ गरेको हो ।

मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्