सुनसरीमा ६२ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरीमा ६२ जनामा कोरोना संक्रमण पुष्टि

इटहरी । पछिल्लो २४ घण्टामा सुनसरीमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा २ जना, गढी गाउँपालिकामा ५ जना, कोशी गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको हो ।

इटहरीमा ८ महिनाको बालकमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिइएको छ । भदौ २६ र २७ गते स्वाब संकलन गरिएकाहरुमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । इटहरी वडा ९ का ८ महिनाको बालक र १९ बर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी इटहरी ४ का ३३ बर्षीय पुरुष, वडा ५ का ४२ र ४६ बर्षीय पुरुष, वडा १० का २७, ६५ र ७० बर्षीय पुरुष, वडा १३ का १८ र ४५ बर्षीय पुरुष छन् । इटहरी वडा १६ का ४४ बर्षीय पुरुष, वडा १९ का ५५ बर्षीय पुरुष, वडा २० का ३७ बर्षीया २ जना महिला र ३० बर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो ।

इहटरीमा सशस्त्र प्रहरीका २ जनासहित अन्य २ जना जनपथ प्रहरीको पनि पोजेटिभ रिपोर्ट आएको छ । इटहरीमा हालसम्म संक्रमण पुष्टि भएको संख्या ३५० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३१९ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ७ जनाको मृत्यु भएको र ६१० जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्