कोरोना कहर : निराश छन् मुर्तीकार

कोरोना कहर : निराश छन् मुर्तीकार

प्रेम देवान
विराटनगर । लामो समयदेखी माटोबाट मुर्ती बनाई जीविकोपार्जन गर्दै आएका कलाकारहरुलाई समेत कोरोना भाईरस (कोभिड–१९) ले प्रत्यक्ष असर पारेको छ ।
पुर्खयौली पेशालाई धान्दै आएका विराटनगरका अधिकांश कलाकारलाई यसपटक भने कोरोना कहरले निराश पारेको हो । कोरोना संक्रमणसँगै लामो समय बन्द रहेका कारण यसपटक कृष्णा जन्माष्टमीको व्यापारदेखि बिश्वकर्मा पुजासम्मको व्यापार विगतका बर्ष जस्तो उत्साहप्रद रहन नसकेको हो ।


कोरोनाले हरेक क्षेत्रका व्यापार व्यावसायलाई असर पारिरहेको छ । यो समयमा अरुबेला माटोबाट मुर्ती बनाउने कलाकारहरु व्यस्त हुने गर्दथे । तर, यसपटक मुर्तीको माग नआएका कारण मुर्तीकारहरुको व्यवसायलाई समेत असर गरेको हो ।
भोली असोज १ गते बिश्वकर्मा पुजाको दिनका लागि भदौको अन्तिम दिन साँझसम्म पनि मुर्तीको माग नगन्य संख्यामा मात्रै भएको उनीहरु बताउँछन् । उद्योग, कलकारखाना, यातायात क्षेत्र, ग्यारेजहरुमा विश्वकर्माको पुजापाठ गर्ने चलन छ । हिन्दु परम्परा अनुसार फलाम र फलाम जडित औजार, मिल मेशिनरीलाई सफा गरेर पुज्ने गरिएको छ । त्यो सँगै बाबा बिश्वकर्माको मुर्ती राखेर त्यहाँ श्रद्धा दर्शाउने चलन छ ।


तर, कोरोना संक्रमणका कारण यो वर्ष पाँच महिना २० दिनदेखि यातायात क्षेत्र ठप्प छ । उद्योग र कलकारखाना पनि सुस्त रहेका छन् । व्यापार र व्यवसायमा पनि उत्साह छैन । सर्वत्र निराशा छाएका कारण बिश्वकर्मा पुजाका लागि मुर्तीकारले निर्माण गरेका मुर्तीको माग समेत प्रभावित बनेको हो ।

अघिल्ला वर्षहरुमा ४० देखी ५० वटासम्म माग हुने गरेपनि यसपटक खासै व्यापार नभएको विराटनगर–१२ रानी सिकीयाईका मुर्तीकार पवनकुमार महतोको भनाई छ । उनका अनुसार यो वर्ष मुर्तीको व्यापारले निराशा मात्रै थपेको छ ।
मुर्तीको लागी चाहिने रङरोगनदेखी कपडा कलाकारहरुले भारतबाट ल्याउने गर्दछन् । तर यसपटक भने सिमानाका बन्द भएका कारण मान्छेले लगाउने कपडाबाट जोहो चलाइएको मुर्तीकारहरु बताउँछन् । विराटनगरमा डेढ सयको हाराहारीमा माटोबाट मुर्ति बनाउने कलाकारहरु रहेका छन् । विशेष गरी विराटनगर तीनपैनी सोमबारे, रानी मिल्स एरिया, रानी सिकियाई सैनिक टोल, विराटनगर खारजी लगायतका स्थानहरुमा कलाकारहरुको बसोबास रहँदै आएको छ ।


यसपटक कोरोना भाइरसका कारण मुर्तीको बिक्रीमा असर पारिरहेको अर्का कलाकार विजय महतोको भनाई छ । ठुला उद्योग कलकारखाना र यातायात क्षेत्रबाट अर्डर आएन, बिजयले भने–गाँउघरका ट्याक्टरवालाहरुले अर्डरले मात्रै खासै फाइदा हुन्न ।
अघिल्ला बर्षमा ७०–८० वटासम्म मुर्ती बनाएर बिक्री गर्दा ८० देखी ९० हजारसम्म फाइदा हुने गरेको भएपनि यसवर्ष न्यून आम्दानी मात्रै भएको महतोको भनाई छ ।

कोरोना कहरले मुर्तीकारहरुलाई मात्र हैन हरेक क्षेत्रमा प्रत्यक्ष असर पारेको छ । लामो समयदेखी बन्दाबन्दी रहेका होटल तथा यातायात व्यावसायहरु अब स्वास्थ्य मापदण्ड पुरा गरेर संचालन गर्ने निर्णय पनि गरेको छ । यो एउटा स्वागत योग्य पनि मान्नु पर्छ । तर कोरोनाको उच्च जोखिमबाट जोगिनको लागी भने तपाई आफंै स्वयम्ले सावधानी अपनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्