रोगले थलिएपछि ज्वाँईले छोडे, आमालाई सास्ती

रोगले थलिएपछि ज्वाँईले छोडे, आमालाई सास्ती

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भादेवि मन्डल नौ महिनादेखि घिस्रिएर हिडन बाध्य छिन् । गत माघ महिनामा आगो ताप्नने क्रममा उनको साडिमा सल्किएपछि उनको घुँडा मुनिको भाग जलेको थियो । समयमै उपचार नहुँदा अहिले उनी घिस्रिएर हिड्न बाध्य भएकी हुन् ।


१२ बर्ष अगाडिदेखि उनी सुस्त मनस्थिति भएपछि उनका श्रीमान अर्जुन मन्डलले छाडिदिएका थिए । आफ्नी छोरीलाई ज्वाँईले छोडेपछि ७० बर्षीया वृद्ध आमाले सहारा दिनुपर्ने बाध्यता आइलाग्या थियो । उनको १७ बर्ष र १४ बर्षका दुई छोरा भएतापनि आमा सुस्तमनस्थिति र हिडडुँल गर्ने छाडेपछि छोराहरु समेत रतुवामाई नगरपालिका को साथत सोनापुरमा बुवासंगै बस्दै आईरहेका छन ।

 

७० बर्षिया आमा मुसर्नियादेवि मंन्डल अहिले ३२ वर्षीया छोरी रम्भा देवि को स्याहारसुसार गर्ने बाध्य हुनु परेको छ । ज्वाइँ अर्जुनले छोरीलाई १२ बर्षदेखि बेवास्ता गर्दे आईरहेतापनि बिगत एकबर्ष देखि छोरीको दुवै खुट्टा समेत नचल्ने भएपछि उनलाई उपचार नगराएर आफूसंग छाडिदिएको आमा मुसर्निया देविले दुखेसो पोखिन् ।

सानो झुपडीको एउठा कोठामा बस्दै आएका आमा छोरीको दैनिकी निक्कै कष्टकर बनेको छ । एक्लै पालिने अवस्था नभएकी बृद्धा आमालाई छोरी समेत पाल्नुपर्ने जिम्मेवारी आईलागेपछि दैनिक कष्टकर बन्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्