प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त हुनुभएको छ। कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा गत भदौ १५ गते मन्त्री घिमिरेमा कोरोना पुष्टि भएको थियो । उहाँ १७ दिनपछि कोरोनामुक्त हुनु भएको हो ।
कोरोना देखिएपछि क्वाटरमा नै आइसोलेसन बस्नुभएका मन्त्री घिमिरेको भदौ २५ गते गरिएको परिक्षणमा पनि पोजेटिभ नै देखिएको थियो । घिमिरेको बुधबार तेस्रो पटक संकलन गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँका प्रमुख स्वकीय सचिब तिलकबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि मन्त्री घिमिरेलाई झाडापखाला र ज्वरो आएको थियो। त्यसपछि उहाँको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना देखिएको थियो।
मन्त्री घिमिरेमा संक्रमण पुष्टि भएपनि उहाँको परिवारका सदस्य र सचिवालयका कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो । स्वकीय सचिब राम पोख्रेलको रिपोर्ट पोजेटिभ आएपनी उनी मन्त्री घिमिरेको क्लोज कन्ट्याक्टमा थिएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्