विराटनगर । मोरङको रङगेली नगरपालिका–३ का डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।
घरदेखी करिव १५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर बालक बिहीबार दिउँसो बालकको मृत्यु भएको हो ।
दिउँसो २ बजेको समयमा बालक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।