निजामती कर्मचारीलाई निर्वाचन : मोरङमा कार्यालय स्थापना गरियो

निजामती कर्मचारीलाई निर्वाचन : मोरङमा कार्यालय स्थापना गरियो

विराटनगर । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको आगमी असोज २४ गते हुने निर्वाचनको लागि मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचित अधिकृतको कार्यालयको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले गर्नु भएको थियो । कार्यालयको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले कोभिड १९ को महामारीबीच हुन लागेको निजामती कर्मचारीको निर्वाचन अनुकरणीय हुने अपेक्षा राख्नु भएको छ ।
संघीय निजामति ऐन नआउँदा कर्मचारीहरूलाई समस्या परेको भन्दै निरौपालले ऐन आएको भए प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई काम गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालयका सह–न्यायाधिवक्ता रामकुमार थापा, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता मनोज आचार्य, मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन मोरङका कार्यबहाक अध्यक्ष पर्शुराम मण्डल, नेपाल टे«ड युनियन मोरङका अध्यक्ष ओम सुवेदी, मोरङ अदालतका निमित्त श्रेस्तेदार युवराज पौडेललेलगायतले बोल्नुभएको थियो ।

ट्रेड युनियनको निर्वाचन सम्पन्न गराउन मोरङमा निर्वाचन अधिकृत जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यलाई तोकिएको छ । मोरङमा २ हजारभन्दा माथि मतदाता हुने बताइएको छ ।

 

टे«ड युनियनको निर्वाचनमा साविकको निजामति सेवा ऐन बमोजिम श्रेणीबिहीनदेखि रा.प. तृतीय ९८ औ तहका कार्यालय प्रमुखबाहेक संघ, प्रदेश र स्थानीय निकायमा कार्यरत कर्मचारीहरू मतदाता हुनेछन् । आफूलाई दिएको जिम्मेवारी अनुसार सुरक्षा सावधानी अपनाएर सभ्य तरिकाले निर्वाचन सम्पन्न गर्न लागिपर्ने निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।

यसअघि २०७३ साल वैशाख १० गते आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो । अब हुन लागेको टे«ड युनियनको दोस्रो निर्वाचन हो । निर्वाचन समानुपातिक पद्दतिबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्