निलमको कालो धन्दा : बसाई पारी, सिद्रा तस्करी

निलमको कालो धन्दा : बसाई पारी, सिद्रा तस्करी

विराटनगर । सीमापार भारतीय बजार जोगबनीको टिकुलीया बस्तीबाट नेपालका सीमा जोडिएका शहरमा सिद्रा तथा अन्य माछाको तस्करी चलाउने गिरोह सक्रिय बनेको छ ।
कोरोना संक्रमणसँगै सरकारले सीमा सील गरेपछि सीमा नजिकै जोडिएको भारतीय बजारमा बसेर पूर्वी नेपालमा सिद्रा तथा माछाको तस्करी हुने गरेको हो ।

सरकारले स्वच्छताको प्रमाणपत्र अनिवार्य गरेपछि माछा तथा सिद्राको आयात सहज रुपमा संभव छैन । भारतको माछा नेपालमा आयात गर्न कोतकाताबाट स्वच्छताको प्रमाणपत्र लिनुपर्ने हुन्छ । प्रमाणपत्र जारी भएको दशदिन भित्रै नेपालको भन्सार र पशु क्वारेन्टाइनमा माछा आईसक्नु पर्दछ ।
भारतबाट सहजै माछा आयात संभव नभएपछि नेपालमा तस्करी धन्दा चलाउने गिरोह जोगबनीको टिकुली बस्तीमा बसेर रातभर विभिन्न नाकाबाट माछा भित्र्याउने धन्दामा सक्रिय भएको पाइएको हो ।

सशस्त्र प्रहरी बल रानी सीमा सुरक्षा बलले विराटनगर १६ दरैयाबाट १६ बोरा सिद्रा माछा बरामद गरेपछि तस्करी हुने गरेको रहस्य खुलेको छ । प्रहरीले बरामद गरेको सिद्रा भारतको टिकुली बजारमा बसेर माछाको कारोबार गर्दै आएकी निलम सहनी खुलेको हो ।

प्रहरीले बरामद ६३० केजी सिद्रा अवैध बाटोबाट नेपाल भित्रिएको पाइएको छ । एकलाख ८९ हजार मूल्य बराबरको सिद्रा भन्सारमा बुझाइएकोे सशस्त्र प्रहरी बल नम्बर गण टंकीका प्रहरी उपरीक्षक तीर्थ पौडेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले बरामद गरेको सिद्रा माछा विराटनगर र सुनसरीको इनरुवाका माछा व्यापारीको पठाइएको खुलेको छ । बरामद भएको सिद्रा माछा भारतदेखि निलमले पठाएको र नेपालका व्यापारीसम्म पु¥याउने क्यारिङ परिचालन गरिएको प्रहरीको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्