विराटनगर बसपार्क चलामलाउन थाल्यो

विराटनगर बसपार्क चलामलाउन थाल्यो

प्रेम देवान
विराटनगर । हरेक वर्ष असोज १ गते बिश्वकर्मा पुजाको दिन विराटनगर बसपार्कको रौनक छुटटै हुन्थ्यो । विहानैदेखी यात्रुदेखी बसका धनी अनि त्यहाँ कार्यररत मजदुरहरुमा बेग्लै किसिमको खुशियाली छाउने गर्दथ्यो ।


तर यसपकट भने न त त्यहाँ यात्रु नै देखिन्थे न त बसका धनीहरु नै । फाट्टफुट्ट बसमा कार्यरत मजदुरहरु गाडी धोईपखाली बिश्वकर्माको पुजा गर्दै गरेका देखिन्थे । कोही भने गाडीका ईन्जिनहरु मर्मत सम्भार गर्दै गरेका दृष्य देखिन्थे । सधंै व्यस्त र चलमलाइ रहने विराटनगर बसपार्क ६ महिनादेखी सुनसान छ । यसको एउटै कारण हो कोरोना कहरले निम्त्याएको लकडाउन अनि निषेधाज्ञा ।

सरकारले कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमबाट सर्तकता अपनाउनको लागी गएको चैत्र ११ गतेदेखी मुलुकभर नै लकडाउन ग¥यो । जसका कारण आजसम्म मुलुकभरका सवारीसाधनहरु ग्यारेज र बसपार्कमा नै थन्किन पुगे । विराटनगर बसपार्क व्यवस्थापन समितिका महासचिव महेन्द्र ढुंगानाले ठूला–ठूला राजनीतिक परिवर्तनका आन्दोलनमा समेत यसरी छ महिनासम्म बसपार्क सुनसान बन्नु नपरेको बताउनुभयो । उहाँले बसपार्क लगातार ६ महिनासम्म सुनसान भएर बस्नु आफैंमा आश्चर्य भएको बताउनुभयो ।

सरकारले यातायात सञ्चालनमा ल्याउनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य गर्दै लामो तथा छोटा दुरीका सवारी साधान संचालन गर्ने निर्णय पनि गरेको छ । तर, अझै पनि नागरिकहरु कोरोनाबाट त्रसित नै भएका कारण सवारीसाधनमा यात्र गर्न यात्रुहरु नआउने पो हुन्की भन्ने ढुङगनाको आशंका छ । यात्रु बिनाको यातायात संचालन गर्दा खासै सम्भावना नहुने ढुङगनाको भनाई छ । तर अब यसलाई विस्तारै सामान्य जिवन तर्फ लैजानुपर्ने उहाँ सुझाव दिनुहुन्छ ।

[caption id="attachment_125015" align="alignnone" width="640"] विराटनगर बसपार्कको टिकट काउन्टर ।
तस्वीर : प्रेम देवान /आवर विराटनगर[/caption]

यातायात व्यावसायीहरुले आज असोज १ गतेबाट विश्वकर्माको पुजागरी भोली शुक्रबारदेखी लामो तथा छोटा दुरीको सवारी साधान चलाउने तयारीमा जुटेका छन् । ६ महिना सम्मको बन्दाबन्दीले हामी यातायात मजुदुरलाई सबैभन्दा बढी मर्कामा परेको विराटनगर – विरगन्ज बस चलाउदै आउनुभएका रामकुमार अधिकारी बताउनुहुन्छ । सरकारले बल्लबल्ल बस संचालन गर्न भनेको छ, हेरौ केही आशा पलाएको छ ।
यसैगरी लामो समयसम्म थन्किएर बसेका बसहरु सरकारले संचालन गर्ने निर्णय गरेसँगै सरकारले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे बमोजिम आफुहरु स्वास्थ्य मापदण्ड पुरा गरेर चलाउने तयारी गरेको २ वर्षदेखी धरान विराटनगर बस संचालन गर्दै आउनु भएका लाकेन्द्र बस्नेतले बताउनभयो ।

उता सरकारले सिमित सिटमा यात्रु राखेर ओसार पसार गर्न भनेको छ । त्योसँगै ५० प्रतिशत भाडा बृद्धि गरिएको छ । तर, कोरोनाको अझै पनि डर भएका करण यात्रुहरु पहिलेको तुलनामा आईपुग्न समय लाग्ने बस्नेत बताउनुहुन्छ ।
यातायता संचालन हुने भएसँगै विराटनगर बसपार्कमा रहेका अधिकास टिकट काउन्टरहरु खुला भईसकेका छन् । टिकट काउन्टरमा लामो समयदेखी आफ्नो गन्तव्य सम्म जान नसकेका यात्रुहरु टिकट लिन आईरहेका देखिन्छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर ५० प्रतिशत भाडा बृद्धि गरेर यात्रु पठाउने तयारी रहेको सप्प्कोशी यातायात प्रालि टिकट काउन्टरका विष्णु चौलागाइले बताउनुभयो । यस अघि विराटनगदेखी काठमान्डौ गएको १२ सय ४८ थियो भने अहिले १८ सय रुपैया रहेको चौलागाइले आवर विराटनगरलाई जानकारी दिनुभयो ।

यातायातका साधन चलाउनेबारे चर्चाभएसँगै यता विराटनगरका कतिपय सवारी चालकहरु दोधारमा छन् । लामो समयदेखी थन्किएका सवारी साधनको मर्मत तथा सम्भार गर्न समय लाग्ने र अहिले कै समयमा सवारी चलाउन नसकिने कतिपय मजदुरहरु बताउछन् ।
तर जे होस ढिलै पनि सररकारले यात्रुहरुको ख्याल गरी लामो तथा छोटो दुरीको सवारी साधन संचालन गर्न यातायात व्यावासायीलाई आग्रह गरेको छ । विराटनगर बसपार्कबाट दैनिक लामो तथा छोटो दुरीका गरेर ३५० वटा बस छुट्ने गरेका छन् । कोरोना भाइरस पछिल्लो समय समुदाय केन्द्रित भएका कारण तपाई हामी अझ सर्तक र सजक हुनु आजको आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्