पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा नेकपा महानगर चलायमान

पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा नेकपा महानगर चलायमान

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर समितिले कोरोना संक्रमण पुष्टि भएर घरमा बसेका नागरिक र परिवारका सदस्यसँगको भेटघाट कार्यक्रमलाई अभियानकै रुपमा निरन्तरता दिएको छ । महानगरका इन्चार्ज एवं पूर्व मन्त्री शिवकुमार मण्डलको इन्चार्जसीपमा नेकपा महानगर समिति चलायमान बनेको हो ।


नेकपाले कोरोना संक्रमितमाथि समाजिकरुपमा हुने दुव्र्यवहार र तिरस्कारजन्य व्यवहार विरुद्ध सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले संक्रमित र उनका परिवारसँग भेटघाट र सहयोग जारी रोखेको छ । अभियान अन्तर्गत बिहीबार विराटनगरको वडा नम्बर १४ का ३० जना संक्रमित र उनकापरिवार तथा वडा नम्बर २ का १० जना संक्रमित र उनको परिवारसँग भेटघाट भएको हो ।

अभियानमा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा संघीय सरकारका पूर्वमन्त्री शिवकुमार मण्डलले संक्रमितलाई भेट गर्दै आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार प्रदान गर्नुभएको छ । मण्डलले जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी हस्तान्तरण गर्दै संक्रमितलाई समाजले विभेद गर्नु नहुनेमा जोड दिनुभयो ।

यस्तै नेकपा मोरङका नेता बाबुराम कार्कीसहितको टोलीले वडा नम्बर २ मा सोही अभियान संचालन गरेको छ । नेता कार्कीले पनि नेकपाको तर्फबाट वितरण गर्ने विभिन्न सामाग्रीहरु संक्रमित र उनका परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । वडा नम्बर १४ र वडा नम्बर २ को अभियानमा नेकपा विराटनगरका अध्यक्ष सागर थापा, सचिव हेम कार्की विशाल, प्रदेशसदस्य भोगेन्द्र यादव, नेकपा विराटनगर कार्यालय सदस्य शारदा मैनालीलगायतको उपस्थिति थियो ।

 

नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव १ हजार संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई हेला होइन माया गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्