बेलबारी नगरपालिकामा बन्नेभयो पार्किङसहितको आधुनिक सपिङ कम्प्लेक्स

बेलबारी नगरपालिकामा बन्नेभयो पार्किङसहितको आधुनिक सपिङ कम्प्लेक्स

विराटनगर । बेलबारी नगरपालिकाले २० करोडको लागतमा आधुनिक व्यवसायिक भवन, सपिङ कम्प्लेक्स निर्माणको कामलाई अगाडी बढाएको छ । बेलबारी–१ मा सवा दुई कठ्ठा क्षेत्रफल जमिनमा सपिङ कम्प्लेक्स निर्माण गरिने भएको हो ।

नगर विकास कोषको ७० र बेलबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सपिङ कम्प्लेक्सको भवन निर्माण हुने भएको हो । ६४ वटा सटर भएको सपिङ कम्प्लेक्स निर्माणलाई गौरवको योजनाको रुपमा नगरपालिकाले लिइएको छ ।
बेलबारी नगरपालिकाका प्रवक्ता एवं बेलबारी–३ का वडा अध्यक्ष योगेन्द्र सुवेदीका अनुसार सपिङ कम्प्लेक्स निर्माणका लागि स्रोत सुनिश्चित भईसकेर ठेक्का लगाउने प्रक्रिया सुरु गरिएको छ ।

भुँईतला निःशुल्क पार्किङको सुविधा दिने र बाँकी चार तलामा व्यवसायिक कारोबार सञ्चालन गर्ने लक्ष्य राखिएको छ । बेलबारीले निर्माण गर्ने यो सपिङ कम्प्लेक्सले शहरमा पार्किङको समस्यालाई समेत हटाउने दावी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्