म्याजिक वासर लन्ड्रीद्वारा आश्रमका बालबालिकालाई नि:शुल्क खाना

म्याजिक वासर लन्ड्रीद्वारा आश्रमका बालबालिकालाई नि:शुल्क खाना

विराटनगर । एक बर्ष अगाडी विराटनगर ७ मिलनचौकमा संचालनमा आएको म्याजिक वासर लन्ड्री एण्ड सर्भिसेज प्रालिले बार्षिक उत्सवको अवसरमा पुर्वाञ्चल बाल सेवा आश्रममा रहेका बालबालिकालाई निशुल्क खाना वितरण कार्यक्रम गरेको छ ।
लन्ड्रीले विराटनगर १३ मा रहेको आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धालाई निशुल्क खाना र उनीहरुले ओड्ने ९० थान ब्लङकेट निशुल्क धोएको संचालक नोमस चापागाइले जानकारी दिनुभयो । उहाँले आश्रममा डिस-इन्फेक्सन समेत गराइदिएको बताउनु भयो ।


म्याजिक वासर लन्ड्री यस अघि पनि विराटनगरका कोरोना संक्रमितहरुको घर तथा विभिन्न कार्यालयहरु पुगेर डिस-इन्फेक्ट गरेको चापागाइले बताए । विराटनगरका केहि युवा व्यवसायीहरुको समुहले संचलनमा ल्याएको म्याजिक वासर लन्ड्री एण्ड सर्भिसेजमले आधुनिक प्रविधिको प्रयोग गरि कपडाहरु धुने व्यवसाय हो । पछिल्लो समय यो सेवा प्रभावकारी बन्दै गएपछि आफ्ना सेवाग्राहीहरुलाई सजिलो होस भन्ने उदेश्य राखेर विराटनगरका विभिन्न स्थानमा कपडा संकलन केन्द्र समेत संचालनमा ल्याएको छ ।


लन्ड्रीले विराटनगरको अस्पताल चौक, पोखरीया, टंकीसिनवारी चौक र पुष्पलाल चौकमा संकलन केन्द्र संचालनमा ल्याएको संचालक चापागाइले जानकारी दिए ।
साथै लन्ड्रिले एक बर्ष पुगेको अवसरमा आफ्ना सेवाग्राहीलाई विभिन्न अफर समेत ल्याएको छ । हेर्नुहोस् अफरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्