क्विकर फुडको वार्षिकोत्सव प्रतियोगिताको विजेता सार्वजनिक

क्विकर फुडको वार्षिकोत्सव प्रतियोगिताको विजेता सार्वजनिक

विराटनगर । अनलाईन फुड डेलिभरी सेवाको रुपमा संचालनमा आएको क्विकर फुडले आफ्नो पहिलो बार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरेको एक अनलाईन प्रतियोगिताको बम्पर विजेताले एक बर्षसम्म नि:शुल्क खाना र ईन्टरनेटको सुविधा प्राप्त गरेको क्विकर फुडका संचालक सरोज लम्सालले जानकारी दिनुभयो ।
त्यसैगरी अन्य विजेताहरुले हुलास खाद्यान्न , औरा नेपाल , ट्रुली टेष्टि, आमाज बेकरी, जिवन विकास डेरी र भायानेट ईन्टरनेटको एक बर्षसम्म निशुल्क सेवा प्राप्त गरेको लम्सालले बताउनुभयो ।
यसैविच कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम तथा सर्तक रहनको लागी क्विकर फुडले औरा नेपालसँग सहकार्य गरी विराटनगरका ६ वटा रेष्टुरेन्टको लागी फुट सेनिटाईजरको व्यवस्था मिलाएको छ ।

विराटनगरका सक्रिय युवा दिवस दाहाल,प्रगिस बस्नेत र सरोज लम्साल लगायतको समुहद्धारा संचालनमा आएको अनलाईन डेलिभरी पछिल्लो समय सबैको लागी सजिलो र छिटो लागी सेवाप्रदायक बन्दै आएको छ ।
आफुले चाहेको र मनपरेको होटल तथा रेष्टुराबाट मोवाईल एप्स वा वेबसाइटको सहायताबाट आफु भएकै स्थानमा खाना अर्डर गर्ने गरि सुरु भएको क्विकर फुडले पछिल्लो बन्दाबन्दीको समयदेखि घरायसी खाद्यान्न र किराना सामाग्रीको समेत विक्रि सुरु गरेको छ ।

विजेताको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्