धरान ४ कोसी राजमार्गमा ट्रिपर दुर्घटना

<span class='c1'>धरान ४ कोसी</span> <span class='c2'>राजमार्गमा ट्रिपर दुर्घटना</span>

धरान । सुनसरीको धरानमा ट्रिपर दुर्घटना हु्दा एक जना गम्भीर घाईते भएका छन ।
धनकुटाबाट धरानतर्फ आईरहेको ट्रिपर शुक्रबार अबेर राती धरान ४ स्थित कोसी राजमार्गमा दुर्घटना हुदा सुनसरी ईटहरी घर भएका ट्रिपर चालक नेत्र भटटराई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बा.४ ख ९७८३ नम्बरको ट्रिपर राती करिब १ बजे धरान ४ राजमार्गबाट करिब ५ सय मिटर तल भिरबाट तल झरी दुर्घटना भएको थियो ।
सोही दुर्घटनामा परि घाईते भएका ट्रिपर चालक भटटराईको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार भईरहेको छ ।

दुर्घटना भएको स्थानबाट ट्रिपर निकै तल झरेकोले ट्रिपर निकाल्न समस्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले धनकुटाबाट ट्रिपर आएको बताए पनि घाईते चालक भटटराईका श्रीमती बिमला भटटराईका अनुसार उनका श्रीमान तेह्थुुमबाट ईटहरी आउदै गरेको बताएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्