रंगेली–कानेपोखरी सडकखण्डको गोउरिया पुल अलपत्र पारेर ठेकेदार फरार

रंगेली–कानेपोखरी सडकखण्डको गोउरिया पुल अलपत्र पारेर ठेकेदार फरार

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली कानेपोखरी सडकखण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गोउरिय पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । एकवर्ष निर्माण अवधी राखेर २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेभी ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

तर, एकवर्ष भित्रै निर्माण सम्पन्न हुनुपर्ने उक्त पुलको पिलरका गाड्ने काम बाहेक ६ बर्ष बितिसक्दा अन्य काम नभएको हो । पुल निर्माणमा ढिलासुस्ती गरिएसँगै डार्इभर्सन समेत राम्रो नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आईरहेकोे छ । अहिलेसम्म पुल बनाउने ठेक्का लिएर छाडेको ठेक्केदार लाई कुनै कार्वाही भने हुन सकेको छैन । सरकारले विभिन्न कन्ट्रकसनहरु लाई काम नगरेका कारण कार्वाही गरेता पनि सराउद्विन जेभीले ६ बर्षदेखि अलपत्र छाडेको पुलको विषयमा कुनैपनि चासो राखिएको छैन ।


सडक डिभिजन कार्यलय मोरङ का प्रमुख पशुपति ज्ञवालीका अनुसार नेपाल सरकारले काम नगरेर बसेकोे अवस्थामा सार्वजनिक खरिद नियमावलीको नवौ संशोधनमा एक पल्टको लागि समय दिएको छ । पुलको निर्माणकार्यका लागि पुस मसान्तसम्मका लागि समय दिएको र असोज सातादेखि काम सुुरु गर्ने ठेकेदार कम्पनिले बताएको प्रमुख ज्ञवालीको दावी छ । यदि काम सुरु नगरेमा उक्त कम्पनी लाई पुसदेखि कालो सुचिमा राख्ने समेत चेतावनी दिएकोे ज्ञवालीले बताउनुभयो ।

दैनिकी सयौं सवारीसाधनहरु आवतजावत गर्ने सो सडकमा अहिले पुल निर्माण नहुँदा यात्रुहरुले समस्या झेल्दै आईरहेका छन् ।
लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपोखरीको सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । तर, सडक बनेपनि गेउरीया पुलको काम एक प्रतिशत मात्रै भएको छ ।

अहिले रंगेली नगरपालिका भित्र को ६ किलोमिटर सडकमा कालोपत्रे को काम असोज भित्रमा सम्पन गरिने र फुटपाथको काम दुई महिना भित्र सम्पन्न गरिने लामा डाँफे द कन्चनजंधा कन्ट्रसन का प्रोजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए । उक्त सडक ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने मापदण्ड सम्झौतामा उल्लेख गरिएको छ । पिच गरिएको दायाँ बायाँ २ मिटर ग्राभेल लगाई सकेको छ ।

२०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि कोराना भाईरसका कारणले सम्पन्न हुन ढिलाई भएको दावी गरेको छ ।
कानेपोखरी देखि रंगेलीसम्म २५.४ किलोमिटर लम्बाईको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैँयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्