निशुल्क खाना खुवाउने अभियानलाई दशनामी समाजको सहयोग

निशुल्क खाना खुवाउने अभियानलाई दशनामी समाजको सहयोग

विराटनगर । नेपाल दशनामी समाज जिल्ला समिति मोरङले निःशुल्क खाना खुवाउने अभियानलाई खाद्यान्न सहयोग गरेको छ ।
विराटनगरमा लामो समयदेखि सडक पेटिमा बस्ने गरिब,मजदुर ,असहाय तथा मागेर खानेहरुलाई निःशुल्क खाना खुवाउने अभियानलाई सहयोग उपलब्ध गराइएको हो ।

समाजले अभियानलाई चामल, दाल, आलु, सब्जी, नुन, तेल लगायतका खाद्य सामग्री सहयोग गरेको छ । दशनामी समाज मोरङका कोषाध्यक्ष खगेन्द्र गिरीले दशनामी समाजको जिल्ला समितिबाट व्यक्तिगत रुपमा सहयोग गरेको बताए । कोरोना कहरका समयमा अन्य कार्यक्रम गर्न सम्भव नभएकोले गरिब मजदुरहरुलाई खाना खुवाउदै आएको यो अभियानलाई सहयोग गरेको उनले बताए ।

उनले भने, अभियानको आज अन्तिम दिन परेछ, भलै ढिलै भएपनि यति राम्रो अभियानलाई सहयोग गर्न पाउदा अुशी लागेको छ । दशनामी (गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आरण्य, तीर्थ, आश्रम) दस थर सम्मेलित जातीय सामाजिक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्