संविधान दिवसमा राउण्ड टेवलद्वारा साइकल र्याली

<span class='c1'>संविधान दिवसमा राउण्ड</span> <span class='c2'>टेवलद्वारा साइकल र्याली</span>

विराटनगर । स्थापनाकालदेखि सामाजिक काम गर्दै आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफ्नो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिंदै आएको छ ।

राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रमअन्तर्गत चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

विराटनगर महानगरका विभिन्न भागको साइकल यात्रा गरी राउण्ड टेबलका सदस्यहरुले सडकमा छाडा छाडिएका चौपायाहरुलाई दाना खुवाएको विराटनगर प्राइम राउण्ड टेबल १० का कार्यक्रम संयोजक श्याम राठीले जानकारी दिए ।
सो अवसरमा राउण्ड टेबलका सदस्यहरुले सडकमा भेटिएका सर्वसाधारणलाई मास्कसमेत वितरण गरेको कार्यक्रमका अर्का संयोजक अविजित सिंहले बताए । उनले विना मास्क सडकमा हिंडिरहेका सर्वसाधारणलाई कोरोनाका विषयमा सचेतनासमेत गराइएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्