अशक्त, बृद्धबृद्धा र बालबालिकाको स्वाब संकलन मोवायल भेनबाट

अशक्त, बृद्धबृद्धा र बालबालिकाको स्वाब संकलन मोवायल भेनबाट

विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त र बृद्धृबृद्धा तथा बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भेन प्रयोगमा ल्याएको छ । स्वाब संकलनको कामलाई घुम्तिशिविरको रुपमा गर्नका लागि मोवायल भने सञ्चालनमा ल्याएको हो ।

संक्रमितको सम्पर्क पहिचान भएका अशक्त, बृद्धबृद्धा र बालबालिकाको घरमै पुगेर स्वाब संकलन गर्ने सुरक्षित मोवायल भेनको प्रयोग गरिने छ । भेनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा हुने तरिकाले निर्माण गरिएको छ ।
भेनमा सेन्सर सेनिटाइजरसहित भित्रैबाट बाहिर निर्देशन दिन सकिने व्यवस्था स्पीकर जडान गरिएको छ । आवश्यकता परेको खण्डमा मोवायल भेनमा स्वाब संकलनका लागि टोलि परिचालित हुनेछ । संकलन गरिएको स्वाब परीक्षण कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइने छ । हुलास मोटर्स कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भेनको निर्माण गरिदिएको हो ।

रोटरी क्लब अफ विराटनगरको सहयोगमा निर्माण भएको उक्त मोबाइल स्वाब भेन सञ्चालनमा आएसँगै कोरोना संक्रमण रोकथाममा थप सहज हुने विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताउनुभयो ।
मोबाइल स्वाब भेनबाट विराटनगरका वृद्ध ,बालबालिका, अपाङ्ग तथा सुत्केरीहरुलाई सेवा दिइने मेयर पराजुलीले जानकारी गराउनुभयो । मोबाइल स्वाब भेन सञ्चालनमा आएपछि अशक्त र वृद्धाहरूलको स्वाब संकलनमा सहज हुने अपेक्षा राखिएको छ ।

महानगरपालिका भित्र १ हजार ५ सय बढी संक्रमित पुगेका छन् । विराटनगर महानगरपालिकाभित्र १८ जना संक्रमितको मृत्यु भइसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्