लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाको गौरदह–९ बैगुनधुरा स्थितबाट दुईजना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह(३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका हुन् ।

प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्