मोरङमा २५४ जना छन् श्रवणदृष्टिबिहीन,थेरापी गर्न समस्या

मोरङमा २५४ जना छन् श्रवणदृष्टिबिहीन,थेरापी गर्न समस्या

विराटनगर । मोरङमा २५४ जना श्रवणदृष्टिबिहीन रहेको पाइएको छ । जसमध्ये १४८ जना महिला र १ सय ६ जना बालवालिका रहेका छन् । देशभरीमा २०६८ सालको जनणना अनुसार ९ हजार ७ सय १४ जना श्रवणदृष्टिबिहीन रहेको कोशी बहिरा संघले जनाएको छ ।

जिल्लामा रहेका श्रवणदृष्टिबिहीनहरू शिक्षा र स्वास्थ्यको पहुचभन्दा बाहिर रहेकोको कोशी बहिरा संघकी दोभासे सुनिता तिवारीले बताइन् । उनले श्रवणदृष्टिबिहीनहरूलाई शिक्षा र स्वास्थ्यमा पहुँचमा ल्याउन तीन तहको सरकारले भूमिका खेलीदिनु पर्नेमा जोड दिइन् ।

श्रवणदृष्टिबिहीन भएकाहरूलाई अहिले फिजियो थेरापी सँगै शिक्षाको पहुचमा पु¥याउन काम परियोजना मार्फत गर्दै आएको कार्यक्रम संयोजक प्रशान्त दुलालले बताए । उनका अनुसार अहिले ११ जना श्रवणदृष्टिबिहीन भएका बालवाकिलाहरूलाई परियोजामार्फत फिजियो थेरापीसँगै शिक्षाको पहुचमा पु¥याउन काम गर्दै आएको बताए । अहिले कोभिड १९ गर्दा प्रत्यक्ष रुपमा श्रवणदृष्टिबिहीन भएका बालवालिकाहरू भेटेर थेरापी गराउन नसकेपछि अनलाइनको माध्यबाट गराउँदै आएको बताइएको छ ।

कोशी बहिरा संघका कोषाध्यक्ष जीवन दाहालले श्रवण दृष्टिबिहीनहरूलाई राज्यले विशेष पहल गरेर शिक्षा र स्वास्थ्यमा बजेट बिनायोजना गरेर कार्यक्रम संचालन गरिदिनुपर्ने माग राखे । ‘अहिले धेरै श्रवणदृष्टिबिहीनहरू शिक्षा र स्वास्थ्यको पहुच भन्दा बाहिर रहेका छन्,’ कोशी बहिरा संघका कोषाध्यक्ष दाहालले भने, ‘स्थानिय, प्रदेश र संघिय गरि तीन तहको सरकारले श्रवणदृष्टिबिहीन शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिदिनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्