प्रदेश १ को पाश्र्वचित्र सार्वजनिक

प्रदेश १ को पाश्र्वचित्र सार्वजनिक

विराटनगर । प्रदेश १ को पाश्र्वचित्र सार्वजानिक गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रादेशिक पाश्र्वचित्र र वार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक गर्नु भएको हो ।

उहाँले प्रदेश सरकारले पाश्र्वचित्रलाई आधार बनाएर नीति कार्यक्रम,योजना र बजेट निर्माण गर्ने बताउनुभयो । उहाँले प्रदेश नं. १ अहिले पनि सक्षम र सबल रहेको बताउँदै आगामी दिनमा पाश्वचित्रलाई आधार बनाएर योजना तथा बजेटहरु निर्माण गरिने दावी गर्नुभयो ।

सार्वजाानिक पाश्र्वचित्रमा प्रदेशको कुल ग्राहस्थ उत्पादन ५ खर्ब ९५ अर्ब ७ करोड रहेको तथ्यांक उल्लेख गरिएको छ । यसैगरी प्रदेशको बजेट मध्ये सबैभन्दा बढी करिब ७६ प्रतिशत बजेट पूर्वाधारमा विनियोजन गरिएको पाइएको छ । सामाजिक सुरक्षालाई अहिले बढी प्राथमिकता राख्न आग्रह भईरहेको बेला प्रदेश १ को बजेट मध्ये ११ प्रतिशत सुखमा र करिब ८९ प्रतिशत बजेट समृद्धिका लागि छुट्याइएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले प्रदेशको तथ्यांक प्रणालीलाई व्यवस्थिच बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशले तथ्यांक प्रयोग गर्न सक्ने गरि पाश्र्वचित्र तयार गरिएको र अगाामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्