युथ काङ्ग्रेस मोरङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

<span class='c1'>युथ काङ्ग्रेस मोरङद्वारा</span> <span class='c2'>प्रधानमन्त्रीलाई ज्ञापनपत्र</span>

विराटनगर । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९ औंं पटक अनशनरत चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युथ काङ्ग्रेस मोरङ्गले ज्ञापन पत्र बुझाएको छ ।
आईतबार युथ काङ्ग्रेसले मोरङ्गका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अनशनरत डा. केसिले प्रस्तुत गरेका सम्पुर्ण मागहरु पूरा गर्दै उहाँको जीवनरक्षा गर्न सरकार समक्ष माग गरिएको छ । ज्ञापनपत्र बुझाउन युथ काङ्ग्रेस प्रदेश १ संयोजक सविन दाहाल, युथ काङ्ग्रेस मोरङ्गका संयोजक अभिषेक भट्टराई, युथ काङ्ग्रेस सदस्य क्षितिज गौतम र शशांक झा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्