पौडी खेल्दा युवक र पंखा छुँदा महिलाको मृत्यु

पौडी खेल्दा युवक र पंखा छुँदा महिलाको मृत्यु

सुनसरी । सुनसरी हरिनगरा–४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । मारिया खोलामा पौडी खेल्ने क्रममा उनको आइतबार डुबेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय हरिनगरामा आफन्त उनको डुबेर मृत्यु भएको जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

यसैगरी मोरङ कटहरी–७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा आइतबार दिउँसो अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको हो । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्