ओशो ध्यान आश्रम विराटनगरलाई पाँचलाख सहयोग

<span class='c1'>ओशो ध्यान आश्रम</span> <span class='c2'>विराटनगरलाई पाँचलाख सहयोग</span>

विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न ५ लाख सहयोग गरेका हुन ।

विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरिदिएका हुन ।

बस्नेतले ओशो सन्यासीमाझ भने,“म पनि ध्यान र साधनासंग जोडिएको छु । आश्रमसंग मेरो पनि लगाव छ । आश्रममा ध्यानलगायतका गतिविधि गर्न थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले सहयोग गरेको हुँ ।” विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना कहरपछि पछि स्थगित रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्