विराटनगरमा प्याजको कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

विराटनगरमा प्याजको कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

विराटनगर । प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगरका दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मूल्य बढाएर दोब्बरमा बिक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनी छन् । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईद्वारा प्रेसित सुचना अनुसार पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय मोरङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेका व्यापारीले ४१ रुपैयाँमा खरिद गरेको प्याज ९५ देखि एक सय रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेका थिए । भारतले नेपालमा प्याजको निर्यात रोकेपछि यस अगाडी नै भित्र्याएको प्याज खरिद गरेको मूल्यभन्दा दोब्बर बढीमा विक्री गरेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता राईद्वारा प्रेसित सूचनामा उल्लेख गरिएको छ ।
पक्राउ परेका गुप्ताले विजयकुमार योगेस पसल र मुकेशले तनिसा ट्रेडर्स पसलबाट प्याजको कालोबजारी गर्ने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्