विराटनगर विमानस्थल उडान सुरु (यात्रु्ले यी नियम पालना गर्नुपर्नेछ)

विराटनगर विमानस्थल उडान सुरु (यात्रु्ले यी नियम पालना गर्नुपर्नेछ)

विराटनगर । पाँच महिना २५ दिनपछि विराटनगर विमानस्थलबाट आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु भएको छ । सरकारले चैत ११ गतेबाट गरेको बन्दाबन्दीसँगै सुनसान बनेको विराटनगरको विमानस्थल सोमबारदेखि चहलपहल बढेको हो ।

नेपालको आन्तरिक हवाई सेवा झण्डै ६ महिनापछि सञ्चालनमा आएकै दिन उत्साह देखिएको ट्राभल्स एशोसिएशनका पदाधिकारीहरुले बताएका छन् । साविकको २५ प्रतिशत उडान गर्ने अनुमित सरकारले दिएकोमा सोमबार विराटनगरबाट काठमाडौका लागि हुने उडानको अधिकांश टिकट बुकिङ भएका छन् ।

आन्तरिक हवाई सेवा पुनः आरम्भ हुने पहिलो दिन असोज ५ गते विराटनगरका लागि दुईवटा विमान कम्पनीले सेड्युल उडान भर्ने भएका हुन् । बुद्ध एयरले ३ र यती एयरलायन्सले २ उडान गर्ने तालिका सार्वजनिक भएको छ । शुक्रबारदेखि टिकट बुकिङ्ग खुला भएकोमा यात्रुहरुले उत्साहजनक बुकिङ गरेका छन् ।

लामो समयदेखि बन्द रहेको उडान सुरु हुँदा यात्रु नपाउने चिन्तामा रहेका निजी वायु सेवा कम्पनीहरु सोचेभन्दा राम्रो टिकट बुकिङ्ग भएपछि उत्साहित देखिएका छन् ।
लामो समयपछि उडान आरम्भ हुन लागेको विराटनगर विमानस्थलमा यात्रुहरुमा कोरोना संक्रमणको जोखिम हुन नदिन प्रर्याप्त सुरक्षा प्रवन्ध मिलाइएको भेण्डर कम्पनीहरुले जानकारी दिएका छन् ।
विमानमा यात्रा गर्न केही सर्त भने पुरा गर्नुपर्नेछ । विमानस्थलको मुख्य प्रवेशद्वारमा सुरक्षाकर्मीहरुले यात्रुहरुको तापक्रम (ज्वरो) मापन गर्ने छन् । ज्वरो आएको र रुघाखोकी लागेका यात्रुलाई यात्रा गर्न दिइने छैन । असहाय र अशक्तलाई बाहेक अरुले सहयोगीसहित विमानस्थल प्रवेश गर्न पाउने छैनन् । आवश्यक भए सुरक्षाकर्मीले सहयोग गर्नेछन् ।

 

पार्किङमा अनावश्यक भीड नियन्त्रण गर्न जहाज अवतरण हुनु १५ मिनेट पहिले मात्र यात्रु लिन जान दिने व्यवस्था मिलाइएको छ । तत्कालका लागि ७० वर्षभन्दा माथिका यात्रुलाई यात्रा अनुमति दिइएको  छैन . कोरोना महामारीले गर्दा विमान चढ्दा र ओर्लदा पनि सामाजिक दुरी पालना गर्नुपर्नेछ । यात्रु चढ्दा र ओर्लदा ४–४ जनाको दरले जानुपर्नेछ । विगतमा जस्तो यसपटक हाते झोला यात्रुले बोक्न पाउने छैनन् । पर्स र ल्यापटप बाहेक सबै सामान लगेज ब्यागमा राख्नुपर्नेछ ।

उडान प्रतिक्षाका क्रममा पनि यात्रुहरुले सामाजिक दुरी कायम गर्नुपर्ने छ भने सामान बुझ्ने ठाउँमा पनि तोकिएका ठाउँमा उभिनुपर्नेछ । त्यसअघि आउने र जाने दुबैका लागि हात धुने र सेनिटाइजरको पर्याप्त मिलाइएको विराटगनर विमानस्थलले जनाएको छ । यात्रु जाँच गर्ने महिला र पुरुष सुरक्षाकर्मीहरुले पिपिई लगाएर यात्रुको जाँच गर्नेछन् ।

उनीहरुको हरेक २ घण्टामा पालो परिवर्तन हुने व्यवस्था गरिएको छ । विमानस्थलमा यात्रु ओरालिसकेपछि विमान पुरै निर्मलीकरण गर्ने प्रवन्ध मिलाइएको र विमान अवतरणदेखि उडानसम्मको प्रक्रिया पुरा गर्न १ घण्टा समय लाग्नेगरी व्यवस्थापन मिलाइएको छ ।

हेर्नुहोस् विमान प्रवेश गर्नु अगाडी पालन गर्नुपर्ने नियम

१. मास्क र पन्जा अनिवार्य लगाउनु पर्नेछ।
२. यात्रुहरुले हातमा सानो ब्यागहरुमात्र लैजान पाउनेछन्।
३. मासुजन्य पदार्थ र जिवजन्तुको ओसारपसार बन्द गरिएको छ।
४. ज्वरो १००.४ फरेन्हाइट , सुख्खा खोकी र थकान जस्ता लक्षण देखिएका ब्यक्तिलाई बिमानस्थल तथा बिमानमा प्रबेश गराइने छैन ।

बिमानस्थल हाता भित्र पालना गर्नु पर्ने नियमहरु :

१. यात्रुलाई लिन तथा लैजान आउने सवारी साधनहरु गेट बाहिर राख्नु पर्नेछ ।
२. Passenger Locator Card (PLC) भएका यात्रुलाइ मात्र बिमानस्थल भित्र प्रबेश अनुमती दिइनेछ। Plc मा भएको विवरण यात्रु स्वयंले घरबाटै भरेर ल्याउनु पर्नेछ।
३. बिमानस्थलहाता भित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलिकरण गरिनेछ।
४. बिमानस्थल हाता भित्र भौतिकरसामाजीक दुरि अनिवार्यरुपमा कायम गर्नु पर्नेछ।
५. टर्मिनल हल प्रबेश गर्नु अगाडि हात धोएको हुनु पर्नेछ। हात धुन सम्भव नभएमा अनिवार्य रुपमा स्यानिटाइज गर्नु पर्नेछ।
६. वायुसेवा काउन्टरमा चेकईन गरेर बोर्डिङ्ग पास लिइसकेपछि भौतिक दुरि कायम राखी बिमानस्थल प्रशासनले तोके अनुसारको कुर्सिमा मात्र बस्नु पर्नेछ।
७. सुरक्षा जाँचको लागि एक-एक जना गरी¸ तोकिएको संकेत पालना गर्दै जानु पर्नेछ।
८. बिमानमा प्रबेश गर्नु अगाडि यात्रुहरु भौतिकरसामाजीक दुरि कायम हुनेगरि तोकिएको घेरामा लामबद्ध हुनुपर्नेछ।
९. यात्रा अबधीभर आफुलाइ चाहिने पानी , स्यानिटाइजर तथा जगेडा मास्कहरु यात्रु आफैले बोक्नु पर्नेछ।

आगन्तुक यात्रुहरुको हकमा :

१. बिमानबाट ओर्लिए पछी भौतिक दुरि कायम गरि साबुनपानीले हात धोएर लगेज तथा सामान लिनलाइ लाइनमा लाग्नु पर्नेछ।
२. आफ्नो लगेज तथा सामान वायुसेवाको कर्मचारिलाइ ट्याग देखाइ आफैले लैजानु पर्नेछ।
३. ब्यागेज तथा सामान लिइसकेपछि अनिवार्य रुपमा हात स्यानिटाइज गर्नु पर्नेछ।
४. आगन्तुक यात्रुहरुलाइ लिन आउने सवारी साधनहरु बिमानस्थलको बाहिरी गेटमा नै रोकिने हुदाँ अनावश्यक भिडभाड नगरी सामाजीकरभौतिक दुरी कायम गर्दै सवारी साधनको प्रयोग गर्नु पर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्