विराटनगर । विराटनगरमा ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको हो।
उच्च रक्तचाप तथा कलेजोको समस्या भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भदौ ३० गते विराट मेडिकल कलेजको आइसियूमा भर्ना भएको प्रशासन प्रमुख सुधिरसिंह राठौरले बताए। मृतकको शव व्यवस्थापनको तयारी भइरहेको उनले बताए। प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।