केन्द्रको विवाद समाधानसँगै, सुस्ताएको पार्टी जुुर्मराउँदै, पूर्व पार्टीको नाम उच्चारण नगर्न नेताहरुलाई सुझाव

केन्द्रको विवाद समाधानसँगै, सुस्ताएको पार्टी जुुर्मराउँदै, पूर्व पार्टीको नाम उच्चारण नगर्न नेताहरुलाई सुझाव

विराटनगर । लामो समयसम्म पार्टी केन्द्रमा देखिएको विवाद समाधानपछि नेपाल कम्यूनिष्ट पार्टी नेकपाको तल्लो तहका कार्यकर्तामा उत्साह छाएको छ । विवादका कारण सुस्ताएको पार्टीका काम विवाद समाधानसँगै पुनः जुर्मुराएको हो ।


नेकपा विराटनगरले कोरोना संक्रमितसँगको भेटघाटसँगै महानगर भित्रका शाखा कमिटि गठन र पूर्णता दिन थालेको हो । महानगर पार्टीको कमिटि गठन भएको एकवर्ष पुगेकै दिन विराटनगर–३ को पार्टी शाखा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार आयोजित सपथग्रहण कार्यक्रममा वडा नम्बर ३ शाखाका अध्यक्ष सुरज न्यौपाने र सचिव शिव दाहालको नेतृत्वमा ४५ सदस्यीय कमिटिलाई पूर्णतासहित सपथ ग्रहण गराइएको हो ।

 


त्यस क्रममा नेकपामा नेताहरुले पूर्व माओवादी र पूर्व एमालेको नाम लिन मााथिदेखि तलसम्म छोड्नुपर्नेमा जोड दिए । पार्टी एकतालाई मजबुत र घनिभूत बनाउनका लागि पूर्व पार्टीका समूहको विषयलाई सबैले भुल्नुपर्ने प्रदेश कमिटि सदस्य एवं मोरङ जिल्ला सचिवालय सदस्य बाबुराम कार्कीले बताउनुभयो ।
महानगरका अध्यक्ष सागर थापाले नगर पार्टीलाई चलायमान बनाउँदै अगाडी बढिइएको बताउनुभयो । उहाँले जनताका कामसँग जोडिएर पार्टी कार्यकर्ताले काम अगाडी बढाउनु पर्ने बताउनुभयो ।

यसैगरी सचिव हेम कार्कीले कोरोना संक्रमणका कारण महानगर भित्रका शाखा कमिटि विस्तारमा ढिलाई भएको बताउनुभयो । उहाँले एकता भाव झल्कने र भावनात्मक एकतासहितको शाखा कमिटिलाई पूर्णता दिने काम भईरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा महानगर सचिवालय सदस्य नमिता न्यौपाने, नविन पौड्याल लगायतले नवगठित शाखा कमिटिलाई शुभकामना दिनु भएको थियो । सपथग्रहण कार्यक्रममा कार्यलय सदस्य सारदा मैनालीसहितका नेताहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले वडामा हालसम्म १५० कोरोना संक्रमित घरपरिवार राहत, ४८ घरमा अमृत चिया उपलब्ध र ४० घरमा सेनिटाइज गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पार्टीलाई एकतावद्ध बनाएर सबै समस्याको समाधान गर्दै अगाडी बढाउने प्रतिवद्धता जनाउनु भएको थियो । विराटनगर–३ मा नेकपा पार्टीमा आवद्ध ६५० संगठित सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्