कोरोना संक्रमणबाट वीपीमा दुईजना महिलाको मृत्यु

कोरोना संक्रमणबाट वीपीमा दुईजना महिलाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको हो ।

झापा मेचीनगरकी ७२ वर्षीया बृद्धालाई कन्काई अस्पतालले रिफर गरेपछि आइतबार वीपीमा भर्ना गरिएको थियो । छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको लक्षण देखिएको बृद्धाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । वीपीको कोभिडमा भर्ना गरिएपछि आइतबार राती ९ः२० बजे नै मृत्यु भएको हो ।

यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन वार्डमा भदौ ३० गते भर्नापछि उपचारतः इनरुवाकी ४२ वर्षीया महिलाको सोमबार दिउँसो २ बजे मृत्यु भएको छ । मृगौलाको समस्या भएकी महिलाको असोज १ गते वीपीकै ल्याबमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्