प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनको मृत्यु, ११९ संक्रमित–विराटनगरमा मात्रै ९७ जना

प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनको मृत्यु, ११९ संक्रमित–विराटनगरमा मात्रै ९७ जना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
सोमबार ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरंगको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५ महिला ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा आज ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्