सर्वसाधारणलाई मास्क बाँड्दै नेकपा महानगर

सर्वसाधारणलाई मास्क बाँड्दै नेकपा महानगर

विराटनगर । विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपा महानगर समितिले मास्क वितरण गरेको छ । नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको हो ।
मास्क वितरण अभियान अन्तर्गत यस अगाडी विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा वितरण गरिएको थियो । सोमबार ट्राफिक चौकबाट मेन रोडमा मास्क वितरण गरिएको हो ।


नेकपा विराटनगर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा सचेतनामा सक्रियताका साथ लागिरहेको छ । नेकपाले होम आइसोलेसनमा बसेकाहरुलाई सहायता प्रदान गर्ने, सडकमा हिडिंरहेका मानिसलाई मास्क वितरण गर्ने, कोरोना संक्रमण रोकथामको लागि सरकारी निकायलाई सल्लाह सुझाव दिने काम गरिरहेको महानगर अध्यक्ष सागर थापाले बताउनुभयो ।

सोमबार नै नेकपाले विराटनगरको वडा नम्बर ६ का ५० जना संक्रमित र उनका परिवारलाई भेटेर अमृत चिया, चेवनप्रास, विस्कुट र गेडागुडीको प्याकेट प्रदान गरेको सचिव हेम कार्कीले जानकारी दिनुभयो । राहत प्याकेज तथा मास्क खरिदका लागि नेकपा जिल्ला कमिटी सदस्य तथा विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीले सहयोग गर्नुभएको हो ।

विराटनगरका १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४ र १७ नम्बर वडाका एक हजार १०० बढी संक्रमितको घरमा पुगेर अवस्था बुझ्ने कामसँगै राहतको रुपमा पौष्टिक आहार उपलब्ध गराउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्