मोरङ क्याम्पस प्रमुख तिम्सिना कोरोना संक्रमित

मोरङ क्याम्पस प्रमुख तिम्सिना कोरोना संक्रमित

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनालाई कोरोना पुष्टी भएको छ ।
कोराना संक्रमण पोजेटिभ भएपछि प्रमुख तिम्सिना विराटनगर–१२ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बस्नु भएको छ ।

भदौ अन्तिम साता सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारीलाई कोरोना पुष्टी भएको थियो । नजिकको सम्पर्क व्यक्ति भएको आधारमा क्याम्पस प्रमुख डा तिमल्सिनाले विराटनगर महानगरपालिकाले सञ्चालन गरेको केन्द्रमा गएर परीक्षणका लागि स्वाव संकलन गराउनु भएको थियो ।

सहायक प्रमुख डा अधिकारी विराट शिक्षण अस्पताल टंकीको आइसोलेसनमा भर्ना हुनु भएको छ ।
क्याम्पसले प्रमुख र सहायक प्रमुखसँग सम्पर्कमा आएकाहरुको स्वाव परीक्षणका लागि महानगरपालिकासँग सम्पर्क गरेको छ ।

क्याम्पस प्रमुख र सहायक प्रमुखलाई कोरोना पुष्टी भएपछि मोरङ क्याम्पस आइतबारसम्मको लागि सील गरिएको छ ।

लकडाउन खुलेसँगै क्याम्पसको प्रशासन खुलेको थियो । क्याम्पस बन्द भएपनि अनलाइन कक्षा भने सुचारु रहने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्