भारत लैजाँदै गरेको ८० बोरा मटर प्रहरी नियन्त्रणमा

भारत लैजाँदै गरेको ८० बोरा मटर प्रहरी नियन्त्रणमा

विराटनगर । सुनसरी देवानगंज–६ स्थितबाट भारततर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले देवानगंजस्थित सिमा क्षेत्रबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको छ ।

बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्