तलव नदिएपछि निजी विद्यालयका शिक्षक–कर्मचारीद्वारा आन्दोलनमा जाने घोषणा

तलव नदिएपछि निजी विद्यालयका शिक्षक–कर्मचारीद्वारा आन्दोलनमा जाने घोषणा

विराटनगर । निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले गतवर्ष चैत ११ गतेको लकडााउन हुनु भन्दा अगाडीदेखिै तलव नपाएको गुनासो गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालयहरुले शिक्षक–कर्मचारीको तलव निकासा नगरेको भन्दै उनीहरुले आन्दोलनमा जाने घोषणाा गरेका हुन् ।

मोरङमा रहेका चारसय हाराहारीका निजी विद्यालयमा कार्यरत शिक्षकमध्ये ६० प्रतिशतले चैत अगाडीको र ९५ प्रतिशतले बैशाख यताको तलव नपाएको गुनासो उनीहरुको छ ।
संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि शिक्षक तथा कर्मचारीको अवस्था नाजुक बनेकोले तत्काल तलव निकासा गरिनुपर्ने माग गरेको छ ।


इस्टु मोरङका अध्यक्ष मनोज खनालले विद्यालयका सञ्चालकले गाडी, घर र जग्गाको किस्ता बुझाउनु पर्ने चिन्ता लिएपनि शिक्षकको तलव निकासा नगरेको भन्दै आक्रोश पोख्नुभयो । शिक्षक कर्मचारीले आन्दोलनमा उत्रने चेतावनी दिदैं खनालले अनलाइन कक्षाको नाममा अभिभावकसँग शुल्क लिएर शिक्षकलाई नदिएको बताउनुभयो ।

इष्टुले देशैभरी आन्दोलनको घोषणा गरिसकेकोले मोरङमा पनि पालिकास्तरबाट आन्दोलनको सुरुवात गरिने भएको हो । अध्यक्ष खनालका अनुसार चैतसम्मको तलव आगामी ७ दिनमा, बैशाखदेखि असारसम्मको सम्पूर्ण तलव तत्काल निकासा गरिनुपनर्ने र असारदेखि असोजसम्मको तलव कार्तिक पहिलो हप्तासम्ममा भुक्तानी गरिनुपर्ने माग अगाडी सारिएको छ ।
यी माग पूरा गराउन ऐक्यवद्धताका लागि जिल्लास्थित राजनीतिक दल, शिक्षासँग सरोकार राख्ने सरकारी निकायमा ध्यानाकर्षण गराउने कार्यक्रम राखिएको छ । यदि मागहरु पूरा नभएको अवस्थामा पालिकाहरुमा धर्ना बस्नेसम्मका कार्यक्रमसहित आन्दोलनको घोषणा गरिएको छ ।

मोरङमा ग्रामिण क्षेत्रका अधिकांश विद्यालयले चैतसम्मकै तलव निकासा गरेका छैनन् । विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९५ प्रतिशत निजी विद्यालयले समेत तलव निकासा नगरेको इष्टुका सचिव चिराग ढुंगानाले जानकारी दिनुभयो ।
शैक्षिक संस्थाले पनि छ महिनापछि असोजको पहिलो साताबाट दैलो खोलेका छन् । कोरोना संक्रमणका कारण चैतको पहिलो हप्तादेखि बन्द रहेका शैक्षिक संस्था यसैसातादेखि खोल्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्