विराटनगरमा टेलिकमको तार चोर्ने चारजना पक्राउ

विराटनगरमा टेलिकमको तार चोर्ने चारजना पक्राउ

विराटनगर । रातभर नेपाल टेलीकमको सेवा प्रवाहका लागि टाँगिएको तार काट्ने र जम्मा गरेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका क्षेत्रमा टेलिकमको चार चोरी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

तार चोरी भएपछि नेपाल टेलिकमले असोज १ गते जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्र लेखेर अनुसन्धानका लागि आग्रह गरेको थियो । त्यसका आधारमा प्रहरीले असोज ५ गते बेलुका ८ बजे विराटनगर–४ जामुनगाछीबाट चारजनालाई तारसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर–६ बस्ने वर्ष २१ को विजय सहनी, वर्ष १८ को राज सहनी, वर्ष २१ को रविन सहनी र वर्ष १९ को सुमित सहनी रहेका छन् । नेपाल टेलिकमको १५० पेयर तथा २२० मिटर केवल तारसहित को.९ प ४१५८ नम्बरको यामाहा कम्पनीको मोटर साइकल समेत उनीहरुका साथबाट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्