इनरुवा । सुनसरी ईनरुवा–८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । ईनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुदा चालक उराव गम्भिर घाईते भएका थिए ।
उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।