विराटमा कोरोना संक्रमणबाट झापाका ८६ वर्षीय बृद्धको मृत्यु

विराटमा कोरोना संक्रमणबाट झापाका ८६ वर्षीय बृद्धको मृत्यु

विराटनगर । झापा भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा आज बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरका अनुसारकोरोनासँग मिल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।
स्वाब संकलन गरेर परीक्षण गर्दा असोज ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले जानकारी दिनुभयो । रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आईसीयूमा भर्ना गरेर उपचार गरिए पनि वृद्धको मृत्यु भएको हो ।

ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्याले बृद्धलाई ग्रस्त बनाएपछि मात्रै अस्पताल ल्याइएको डाक्टर कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्