आमा खोज्दै परिवार

आमा खोज्दै परिवार

विराटनगर । विराटनगर ३ निवासी ७५ बर्षीया बृद्धा सितामाया थापा शनिबार साँझदेखि हराउनु भएपछि उहाँका परिवार तथा आफन्त खोज्न लाग्नु भएको छ । घरबाटै एकाएक आमा हराएपछि भोक र निन्द्रा हुन परेको छोरा प्रकाश थापाले बताउनु भएको हो ।


हरियो साडी, छोटो तर फुलेको कपाल र कालो वर्णकी आमालाई जहाँ भएपनि घर फर्कनका लागि परिवार तथा आफन्तले अनुरोध गर्नु भएको छ । आमा हराएको बारे जिल्ला प्रहरी कार्यलय र वडा कार्यलयमा जानकारी गराउँदै खोजिदिनका लागि आग्रह समेत गरिएको छोरा प्रकाशले आवर विराटनगरलाई बताउनुभयो ।

 

उहाँले आवर विराटनगरसँग आमाको तस्वीरसहित आफ्नो आग्रहलाई आमसञ्चार गरिदिनका लागि अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्