वीपीमा थप एकजनाको मृत्यु, प्रदेश १ मा मृतक संख्या ५८ पुग्यो

वीपीमा थप एकजनाको मृत्यु, प्रदेश १ मा मृतक संख्या ५८ पुग्यो

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिराहा औरी–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । न्यूरो अस्पताल विराटनगरले रिफर गरेपछि मंगलबार (हिजो) साँझ अस्पताल भर्ना गरिएका पुरुषको १२ः४५ बजे मृत्यु भएको हो ।

मस्तिष्क पक्षघातका कारण मृगि तथा दाउको दुख्ने समस्या देखिएका पुरुषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण हिजो मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी विराट मेडिकल कलेजमा पनि पछिल्लो २४ घण्टामा झापा भद्रपुरका एकजना पुरुषको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को तथ्यांक अनुसार हालसम्म प्रदेश १ मा ५८ जनाको मृत्यु भईसकेको छ । जसमध्ये ४५ जना प्रदेश १ का र १३ जना ठेगाना प्रदेश १ उल्लेख नगरिएकाहरु छन् । मृत्यु हुनेमा १७ महिला र बाँकी पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्