करेन्ट लागेर हाइड्रोका सुपरभाईजरको मृत्यु

करेन्ट लागेर हाइड्रोका सुपरभाईजरको मृत्यु

विराटनगर । ओखलढुंगामा मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर परनेश खत्रीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सिद्धिचरण–१२ सिमलडाँडामा मोलुङ–१ कुन्तादेबीका २८ बर्षीय खत्रीको आज पौने ११ बजे करेन्ट लागेर मृत्यु भएको हो ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार सिमलडाँडामा बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट हुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले खत्रीको मृत्यु भईसकेको भनि जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्